माछापुच्छ्रे बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको खाँबुस्थित श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई विपन्न परिवारका बालबालिकालाई न्यानो स्वेटर वितरण गरेको बैंकले जनाएको छ । विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरिएको बैंकले बताएको छ ।

बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई ४० थान ब्ल्यांके‍ट वितरण गरेको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ११:३३