मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गरदै राष्ट्र बैक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गरदै राष्ट्र बैक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो।

जसअनुसार वाणिज्य बैंकहरुमा ८ करोड ३९ लाख रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५२ लाख रुपैयाँ लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि माघ १८ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो फागुन २ गतेदेखि २०८० फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित : १५ माघ २०७९, आईतवार १३:२९