२१ अर्ब १० करोड रुपैंयाको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२१ अर्ब १० करोड रुपैंयाको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः फागुन १६ गते, २०८० वैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते परिपक्व हुनेछन्।

मंगलबार जारी हुने बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : १५ माघ २०७९, आईतवार १३:१९