राष्ट्र बैंकलाई झुक्याइयोः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकलाई झुक्याइयोः गभर्नर



काठमाडौं, ३ माघ  । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनको क्रममा राष्ट्र बैंकलाई झुक्याइएको राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले खुलासा गरेका छन् । वित्तीय क्षेत्रलाई स्वस्थ, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले राष्ट्र बैंकले बाफिया संशोधन गरेको भए पनि संसद्को अर्थ समितिबाट टेबल हुने क्रममा शब्द ‘यताउति’ पारिएको उनले बताए ।

‘छलफलको क्रममा एउटा विषयमा सहमति भयो । पूर्ण सदनमा पेस हुँदा केही शब्द यताउता बनाइयो,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले भने, ‘हामीलाई गुमराहमा राखेर यस्तो काम भयो ।’

अध्यक्ष र कार्यकारी प्रमुख दुई कार्यकाल मात्रै वित्तीय संस्थामा बस्न पाउने व्यवस्थामा अर्थ समितिमा सहमति भएको थियो । त्यही सहमति भएको भन्दै समितिले सन्चारमाध्यमलाई जानकारी गराएको थियो । तर, पछि पूर्ण सदनबाट अध्यक्षका अगाडि ‘कार्यकारी’ थपिएर पारित भएको थियो । आजको कान्तिपुर दैनिकबाट

प्रकाशित : ३ माघ २०७३, सोमबार ०४:५६