सिभिल लघुवित्तद्धारा ११.५८ प्रतिशत लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल लघुवित्तद्धारा ११.५८ प्रतिशत लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ११.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : १५ माघ २०७९, आईतवार १२:३३