आशा लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचक कस्तो छ ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको खुद नाफा ५८.०४ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, एक वर्षको अवधिमा खुद ब्याज आम्दानी पनि २४.३४ प्रतिशतले घटेर १३ करोड ३४ लाख २९ हजार रुपैयाँमा आएको छ । गत बर्षको यसै अवधिमा लघुवित्तको यस्तो आम्दानाी १७ करोड ६३ लाख ५८ हजार रुपैंयाको गरेको थियो । सञ्चालन नाफा पनि ५८.०६ प्रतिशतले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा आएको छ । गत बर्षको यसै अवधिमा सञ्चालन नाफा १२ करोड ५५ लाख ९३ हजार रुपैंया रहेको थियो ।

खराब कर्जा ०.९७ प्रतिशतले बढेर ४.८२ प्रतिशत पुगेको छ भने चुक्ता पुँजी ३३ करोड ३९ लाख ९४ हजारमै सिमित रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको जगेडा कोषको रकम ७४.२७ प्रतिशतले बढेर ३१ करोड ७२ लाख ६५ हजार रुपैंया पुगेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६० पैसाले घटेर २२ रुपैयाँ ७३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा छ ।

प्रकाशित : १५ माघ २०७९, आईतवार १०:३०