सेन्ट्रल फाइनान्सको कस्तो छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेन्ट्रल फाइनान्सको कस्तो छ वित्तिय अवस्था ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सेन्ट्रल फाइनान्स लिमिटेडले खुद नाफा ३ लाख ९९ हजार रुपैयाँमात्र कमाएको छ । गत वर्षको तुलनामा खुद नाफा ९८.८५ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा सेन्ट्रलले ३ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने १३.५० प्रतिशतले बढेको छ । गत वर्ष ११ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर १२ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ ।

यस त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन नाफा भने ९८.९३ प्रतिशतले घटेर ५ लाख २८ हजार रुपैयाँमा झरेको छ । कम्पनीको सञ्चालन नाफा घट्दा नाफामा प्रभाव परेको छ । गत वर्ष यसले ४ करोड ९६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । पुस मसान्तसम्म ६ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको सेन्ट्रलले ४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसको खराब कर्जा १.६१ प्रतिशतबाट बढेर ७.६३ प्रतिशत पुगेको छ । हाल यसको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ र रिजर्भ कोषमा २४ करोड ८९ लाख रुपैयाँ छ । रिजर्भ कोषमा गत वर्ष २१ करोड १२ रुपैयाँ रहेको थियो । सेन्ट्रलको प्रतिसेयर आम्दानी ०.०८ पैसा (बार्षिक) रहेको यसको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३८ पैसा छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार १६:०१