बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक



काठमाडौं । नेपाल प्रहरीले बोतल र जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने पम्प सञ्चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सुरक्षा संवेदनशीलताविपरीत पेट्रोलियम पदार्थको बिक्रीवितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले नेपाल प्रहरीले त्यस्ता कार्य रोक आग्रह गरेको छ।

पेट्रोलियम पदार्थ खुला रुपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नराखन सुझाव दिएको छ।

प्रकाशित : 25 January, 2023 12:06 pm