काठमाडौँ २ माघ । माघ महिनाको पहिलो कारोबारमा सेयर बजार दुई दशमलव १४ अंकले घटेको छ । बैकिङ समुह बाहेक सबै समुह राताम्मे देखिएको शेयर बजार दुई अंकले घटेर १४७७ दशमलव ७२ अंकमा रोकिएको छ ।
बैकिङ समुहमा १ दशमलव ५९ अंकको सामान्य बृद्धि भएको छ । आज सबैभनदा बढी बिमा समुहमा ४४ दशमलव ५२ अंकको गिरावट आएको छ । जलविद्युत समुह १७ दशमलव ५९ अंकले ओरालो लाग्दा होटल समुह ११ दशमलव ८४ अंकले झरेको छ ।कारोबारमा १२२ कम्पनी आएका थिए । कारोबार रकम समेत ओरालो लागेको छ । २७ कारेड ५३ लाख २९ हजार ८ सय ८७ रुपैयाको सेयर खरिद बिक्रि भएको छ ।
Comment