काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेको छ ।
२५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर खरिद बिक्री भएको छ भने ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको छ ।
बजार घट्दा बैंकिङ समूहको उपसूचक १५.१६ र म्यृुचुअल फण्डको उपसूचक ०.१० अंकले बढेको छ । बांकी नेप्सेका अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् विकास बैंक ९१.६६, वित्त कम्पनी ७.०४, होटल तथा पर्यटन ७९.५०, जलविद्युत ६५.४५, जीवन बीमा ८७.१८, उत्पादन तथा प्रशोधन ७२.८५, माइक्रोफाइनान्स ४१.६६, निर्जीबन बीमा १२३.१३, अन्य समूहको उपसूचक २३.३३ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज ५ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्स रहेका छन् । त्यस्तै, हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।
कारोबारका आधारमा आज कुमारी बैंक शिर्ष स्थानमा रहेको छ । यस बैंकको २७ करोड ४८ लाख २८ हजार रुपैयाँको शेयर किनेबच भएको छ ।





Comment