लाभांशको विवरण पठाए लगत्तै नेप्सेले किन गर्यो नेसनल माइक्रोफाइनान्सको कारोबार रोक्का ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लाभांशको विवरण पठाए लगत्तै नेप्सेले किन गर्यो नेसनल माइक्रोफाइनान्सको कारोबार रोक्का ?



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकोे नाफाबाट ३८.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीले २०७८/०३ /३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ ।

उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले लाभांशको विवरण नेप्सेमा पठाएलगत्तै नेप्सेले कम्पनीको कारोबार रोकेको छ । कम्पनीले कारोबार समयमा लाभांशको विवरण पठाएकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोकेको हो ।

प्रकाशित : ९ माघ २०७९, सोमबार १४:१४