सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० करोड ७३ लाखबढी, यस्ताे छ अन्य सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० करोड ७३ लाखबढी, यस्ताे छ अन्य सूचक ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९ प्रतिशत कम हो ।

गत वर्ष बैंकले २६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १४.७९ प्रतिशतले बढेर ९१ करोड ३५ लाख पुगेको छ भने सञ्चालन नाफा २०.७९ प्रतिशतले घटेर २९ करोड ६३ लाखमा झरेको छ ।

त्यस्तै, हाल यसको चुक्ता पुँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने १ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको कस्ट अफ फन्ड १०.४३ प्रतिशत रहेको छ । यसको खराब कर्जा १.१५ प्रतिशत बाट बढेर ३.३६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा रहेको सांग्रिलाको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित : ८ माघ २०७९, आईतवार १५:३५