ज्योति विकास बैंक ८९.९० प्रतिशतले घाटामा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

ज्योति विकास बैंक ८९.९० प्रतिशतले घाटामा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म ३ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा समीक्षा अवधिमा ८९.९० प्रतिशतले घटेको हो।

गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ४० लाख नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले ४ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४९ करोड १३ लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ८९.८९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ९१ करोड ८४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी २५.३६ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३३.९९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ५५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.६३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.१२ रुपैयाँ रहेको थियो।

प्रकाशित : ८ माघ २०७९, आइतबार ११:४५ 22 January, 2023 11:45 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।