नेपाल एसबीआई बैंकको खुद नाफासँगै इपीएस पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल एसबीआई बैंकको खुद नाफासँगै इपीएस पनि बढ्यो



काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा नाफा ५०.३९ प्रतिशतले बढी हो।

गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ४९.८८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो बर्षको तुलनामा ब्याज आम्दानी ५५.९१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ९ अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.०५ प्रतिशतले बढेर ६ अर्ब ४१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ३ पैसाले बढेर २३ रुपैयाँ ९६ पैसा पुगेको छ ।

प्रकाशित : ८ माघ २०७९, आईतवार ११:१७