यस साता दोहोरो अंकले बढेको बजारमा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता दोहोरो अंकले बढेको बजारमा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी



काठमाडौं । यो साता नेप्से इन्डेक्स दोहोरो अंकले उकालो लागेको छ । २९.४२ अंकले बढेको बजारमा २४३ वटा कम्पनीहरुको एक लाख ८८ हजार ६९५ वटा कारोबार भएको हो ।

जसअनुसार २ करोड ७७ लाख ९ हजार ४०० कित्ता शेयर खरिद बिक्री हुदाँ कारोबार रकम ११ अर्ब ४९ करोड ९६ लाख ४२ हजार ४९९ रुपैंया बराबरको भएको छ । कारोबारको पहिलो दिन २१५२.०५ अंकमा खुलेको बजार साताको अन्तिम दिन १.३७ प्रतिशतले बढेर २१७८.८१ अंकमा बन्द भयो ।

पछिल्लो समय नेप्से परिसूचसँगै दैनिक कारोबार रकम पनि बढ्दो क्रममा छ । यस साताको शेयर बजारलाई हेर्दा आइतबार र सोमबार २ दिन बिदा परेकाले ३ दिन मात्रै बजार खुलेको थियो । ३ कारोबार दिनमा २ दिन नेप्सेले उकालो यात्रा तय गर्यो । बाँकी एक दिन भने नेप्से ओरालो लागेको थियो । यो साता उच्च बिन्दु २२१४.७८ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु २१३६.३८ अंक बनाएको थियो ।

सातामा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा ग्रीन भेञ्चर्स कम्पनी लिमिटेड रहेको छ । यसको शेयरमुल्य २९.७९ प्रतिशतले बृद्धि भई प्रतिकित्ता ४८८ रुपैंया पुगेको छ।

त्यसैगरी दोस्रो स्थानमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यसको शेयर २७.७८ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैंया पुगेको छ। साथै, बाराही हाइड्रोपार कम्पनीको शेयर १९.५० प्रतिशत, हिमालयन हाइड्रोपावर कम्पनीको १८.७१प्रतिशत र आदर्श लघुवित्त वित्तीय संस्थाको १८.६३ प्रतिशतले बढेको छ ।

सातामा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा प्रभु सेलेक्ट फण्ड रहेको छ । यसको शेयरमुल्य १२.५१ प्रतिशतले गिरावट आई प्रतिकित्ता ८.६ रुपैंयामा झरेको छ । त्यसैगरी, दोस्रो कम्पनीमा कुमारी धनवृद्धि योजना रहेको छ । यसका लगानीकर्ताले ११.८३ प्रतिशतले घाटा बेहोरेका छन् । तेस्रो स्थानमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.५८ प्रतिशत, प्राइम बैंक डिबेञ्चर २०८८ ६.०३ प्रतिशत र कालिका लघुवित्त वित्तिय संस्थाको शेयर ५.९० प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार २२:०६