एनआइसी एसिया बैंकको नाफा ३.२७अर्ब, आरओई र इपीएस पनि उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एसिया बैंकको नाफा ३.२७अर्ब, आरओई र इपीएस पनि उच्च



काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्पको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा २६६.६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यस्तै, ३०८.७० अर्ब निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।

यस त्रैमाससम्ममा एनआइसी एसियाले ३.२७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । यसैगरी, बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) २४.७५ प्रतिशत रहेको छ । एनआइसी एसियाको वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ रहेको छ । स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ ।

बैंकले कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । यसअवधिसम्ममा निष्कृय कर्जा अनुपातलाई ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । एनआइसी एसियाले आ.व.२०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक संख्या पुर्याएको छ । यसै त्रैमाससम्ममा यसले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना, मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरुभन्दा एनआइसी एसिया अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । एनआइसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जाल भएका मध्येको एक बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्पको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममा २६६.६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यस्तै, ३०८.७० अर्ब निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।

यस त्रैमाससम्ममा एनआइसी एसियाले ३.२७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । यसैगरी, बैंकको स्व–पूँजीमा प्रतिफल ९आरओई० २४.७५ प्रतिशत रहेको छ । एनआइसी एसियाको वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ रहेको छ । स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ ।

बैंकले कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । यसअवधिसम्ममा निष्कृय कर्जा अनुपातलाई ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । एनआइसी एसियाले आ.व.२०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक संख्या पुर्याएको छ । यसै त्रैमाससम्ममा यसले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना, मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरुभन्दा एनआइसी एसिया अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । एनआइसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जाल भएका मध्येको एक बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार १४:३३