आइसिएफसी फाइनान्सद्वारा शेयरधनीलाई लाभांश वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइसिएफसी फाइनान्सद्वारा शेयरधनीलाई लाभांश वितरण



काठमाडौं । आइसिएफसी फाइनान्सले शेयरधनीहरुलाई नगद लाभांश दिएको छ । फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट कर बाहेक पारित गरेको लाभांश वितरण गरेको हो ।

फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर सहित० पारित भएको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको बैंक खातामा नै लाभांश वितरण गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सले पुस २९ गते देखि नै आइपीएस मार्फत रकम जम्मा गरिएको जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता र प्यान नम्बर यथाशीघ्र अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुनेछ ।फाइनान्सको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १५:४६