नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय बिवरण सार्वजनिक गरेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंक १ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको छ ।

गत वर्ष पनि बैंक ५८ लाख ९६ हजार रुपैयाँ घाटामा रहेको थियो । त्यस्तै, यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी भने ४३८.२० प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १६ लाख ८६ हजार रुपैयाँबाट बढेर ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

यस त्रैमाससम्म  आइपुग्दा बैंक १ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा घाटामा रहेको छ । गत बर्ष पनि बैंकको सञ्चालन नाफा ५९ लाख ९८ हजार रुपैंयाले घाटामा रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर नोक्सानी ५ रुपैयाँ २३ पैसा रहेको छ । यसको प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ २३ पैसा छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १३:०७