सिन्धु विकास बैंककाे एजिएम माघ २७ गते, यस्ता छन् मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंककाे एजिएम माघ २७ गते, यस्ता छन् मुख्य एजेण्डा



काठमाडौं । सिन्धु विकास बैंकले तेह्रौ वार्षिक साधारण सभा माघ २७ गते डाकेको छ । सभा होटल सारथी धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान ९ बजेदेखि आह्वान गरको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ ।

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि बैंकले माघ १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, माघ १५ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार ११:५९