निफ्राको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्तो छ ?



काठमााडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४१.३० प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार ११:४८