शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले बृद्धि भएको छ ।

बिहीबार २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बजार बढ्दा बैंकिङ समूहको उपसूचक ९.२३, जलविद्युत २७.५२, निर्जीबन बीमा समूहको उपसूचक १९.३१ र ट्रेडिङ समूहको उपसूचक ६०.३३ अंकले बढेको छ । साथै, विकास बैंक ५.५९, वित्त कम्पनीको ८.३१, होटल तथा पर्यटन समूहको उपसूचक ३६.२१, जीवन बीमा ३२.७२, माइक्रोफाइनान्स समूहको उपसूचक ३५.९९, अंकले घटेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ भने कुमारी धनवृद्धि योजनाको शेयरमूल्य आज सबैभन्दा बढी घटेको छ ।

कारोबारका आधारमा सबैभन्दा बढी एनआइसी एसिया बैंकको भएको छ । यसको आज १८ करोड ४ लाख ४४ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : 19 January, 2023 3:33 pm