तोलामा ६०० रुपैयाँले घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मुल्य प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ४ माघ २०७९, बुधबार ११:१२