शेयर बजार दोहोरो अंकले बढ्यो, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार दोहोरो अंकले बढ्यो, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार शेयर बजार उकालो लागेको छ । आज बजार ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४५ अंकले बृद्धि भएको छ ।

मंगलबार २५० कम्पनीको एक करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बजार दोहोरो अंकले बढ्दा बैंकिङ समूहको उपसूचक ४.४५ अंकले घटेको छ भने बांकी अधिकांश समूहको उपसूचकमा बृद्धि भएको छ । जसमा विकास बैंक १०१.३६, वित्त कम्पनीको६३.९०, होटल तथा पर्यटन समूहको उपसूचक १६३.८२, जलविद्युत १२७.३९, जीवन बीमा १५२.६०, माइक्रोफाइनान्स समूहको उपसूचक ५६.४०, अंकले बढेको छ। साथै, निर्जीबन बीमा समूहको उपसूचक ११६.०८, अन्य समूहको ४०.९४ र ट्रेडिङ समूहको उपसूचक पनि ५.९१अंकले बढेको छ ।

नेप्सेका अनुसार आज ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा ग्रिन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाईड्रोपावर, बाराही हाईड्रोपावर र घलेन्दी हाईड्रोपावर रहेका छन् । त्यस्तै, प्रभु सेलेक्ट फण्डको शेयरमूल्यमा भने आज सबैभन्दा बढी गिरावट भएको छ ।

कारोबारका आधारमा सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज २३ करोड २६ लाख ८ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १५:३५