नव नियुक्त मन्त्रीहरुले लिए सपथ, कसलाई कुन मन्त्रालय ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नव नियुक्त मन्त्रीहरुले लिए सपथ, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

सपथ खानेमा राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोतमन्त्री छन्।

त्यस्तै नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्रमन्त्री विमला राई पौडेल, स्वास्थ्यमन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषिमन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारीमन्त्री, उद्योगमन्त्रीमा दामोदर भण्डारी भएका छन्।

माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् ।

राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानुनमन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्री नियुक्त भएका छन् । तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १३:४२