कालिन्चोक दर्शनको आईपीओ निष्कासन, कति कित्तासम्म दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक दर्शनको आईपीओ निष्कासन, कति कित्तासम्म दिने आवेदन ?



काठमाडौं । कालिन्चोक दर्शन प्रालिले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार ०७:४९