मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुने भएको छ । बैंकले माघ ३ गते ९१ दिन अवधिको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

यसअघि माघ २ गते सोमबार ट्रेजरी बिलको बोलकबोल रहेकोमा सरकारले पोखरामा आइतबार दुर्घटना भएको यति एअरलाइन्सको विमानमा परि निधन भएका ७२ जनाको शोकमा शोक बिदा दिएपछि ट्रेजरी बिलको बोलकबोलको मिति पनि सरेको हो ।

केन्द्रीय बैंकले जारी गर्ने उत्त ९१ दिनको ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । मंगलबार दिउँसो २ बजेभित्र अनलाइनका माध्यमबाट बोलकबोलमा सहभागि हुन सकिनेछ ।

प्रकाशित : २ माघ २०७९, सोमबार १६:१२