नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौ । नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेको इन्स्याेरेन्स र आधिँखोला लघुवित्तको शेयरमुल्य समायोजन भएको हो ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ७८ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८ सय ९५ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ६५ रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७५ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २ माघ २०७९, सोमबार १५:२२