सगरमाथा इन्सुरेन्सको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सगरमाथा इन्सुरेन्सको लाभांश संशोधन



काठमाडौं । सगरमाथा इन्सुरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १२.४० प्रतिशत बोनस शेयर र कर तिर्न ०.६५२६ प्रतिशत नगद लाभांश पाउनेछन् ।

यसअघि कम्पनीले १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांश दरमा परिमार्जन गरेको जनाएको छ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित : २ माघ २०७९, सोमबार १२:४९