सोमबार देशभर शोक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोमबार देशभर शोक बिदा



काठमाडौं । सरकारले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरुको सम्झनामा शोक मनाउन भोली सोमबार सरकारले देशैभर शोक बिदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको आजको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

प्रकाशित : १ माघ २०७९, आईतवार १५:१४