आन्तरिक उडान गर्ने सबै जहाजहरुको प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आन्तरिक उडान गर्ने सबै जहाजहरुको प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन



काठमाडौं । सरकारले आन्तरिक उडान गर्ने सबै जहाजहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अनिवार्य रुपमा प्राविधिक परीक्षण गर्न सबै वायु सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । यसबारे नागरिक उड्डयन प्राधिकरणले अनुगगमन गर्नेछ ।

हवाई दुर्घटना हुन नदिन सबै वायु सेवा प्रदायकलाई जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको र यसले आगामी दिनमा विमान दुर्घटना हुन नदिन भूमिका खेल्ने विश्वास लिइएको सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

आजकै मन्त्रिपरिषद बैठकदे पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

प्रकाशित : १ माघ २०७९, आईतवार १५:०८