बुद्ध एयरले माघ ६ देखि एटीआर–७२ मार्फत तुम्लिङटार उडान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बुद्ध एयरले माघ ६ देखि एटीआर–७२ मार्फत तुम्लिङटार उडान गर्ने



काठमाडौं । आगामी माघ ६ (जनवरी २०)देखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार दैनिक उडान एटीआर–७२ जहाजबाट गर्ने भएको छ । उक्त एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको छ ।

ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ । बुद्धले तुम्लिङटारमा बिहान ९ः५० बजे काठमाडौंबाट र १०ः४५ बजे तुम्लिङटारबाट उडान गर्नेछ ।

प्रकाशित : २९ पुष २०७९, शुक्रबार १७:५२