काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको हो ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड पुगेको हो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधीम यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।
मंसिर महिनासम्म खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।
Comment