काठमाडौं । यो साता नेप्से इन्डेक्स झिनो अंकले उकालो लागेको छ । ०.४६ अंकले बढेको बजारमा २५२ वटा कम्पनीहरुको ३ लाख ३८ हजार १९४ वटा कारोबार भएको छ ।
जसअनुसार ५ करोड ६३ लाख ४४ हजार ३३६ कित्ता शेयर खरिद बिक्री हुदाँ कारोबार रकम २३ अर्ब ५४ करोड ९६ लाख ४७ हजार ५९६ रुपैंया बराबरको भएको छ ।
कारोबारको पहिलो दिन २१४८.९३ अंकमा खुलेको बजार साताको अन्तिम दिन ०.०२ प्रतिशतले बढेर २१४९.३९ अंकमा बन्द भयो । त्यस्तै, यो हप्ता ४ दिन मात्र कारोबार भएको नेप्सेमा सुरुका दुई दिन बजार बढेर उच्च विन्दुमा पुगेको बजार फेरी पछिल्ला दुईमा पुन ओरालो लागेको थियो । यो साता उच्च बिन्दु २२७७.६१ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु २१२६.४७ अंक बनाएको थियो ।
सातामा धेरै कमाउने टप ५ कम्पनीहरु
यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । यसबाट शेयर लगानीकर्ताले सातामा सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको शेयरमुल्य ४३.४७ प्रतिशतले बृद्धि भई प्रतिकित्ता ३४३.९ रुपैंया पुगेको छ।
त्यसैगरी दोस्रो स्थानमा सिंगती हाइड्रो इनर्जी रहेको छ । यसको शेयर ३९.०३ प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैंया पुगेको छ। साथै, कुमारी धनवृद्धि योजनाको शेयर २४.०२ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको २३.१० प्रतिशत र प्रभु सेलेक्ट फण्डको २२.४४ प्रतिशतले बढेको छ ।
यो साता धेरै घाटामा गएका टप ५ कम्पनीहरु
यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यसको शेयरमुल्य १७.४७ प्रतिशतले गिरावट आई प्रतिकित्ता ४०० रुपैंयामा झरेको छ । त्यसैगरी, दोस्रो कम्पनीमा मेरो माइक्रोफाइनान्स वित्तिय संस्था रहेको छ । जसका लगानीकर्ताले १२.३६ प्रतिशतले घाटा बेहोरेका छन् । तेस्रो स्थानमा स्वभालम्वन लघुवित्त वित्तिय संस्थाको १२.१२ प्रतिशत, डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको शेयर १२.०४ प्रतिशत र धौलागिरी लघुवित्त वित्तिय संस्थाको शेयर १०.५१ प्रतिशतले घटेर बन्द भएको छ ।





Comment