प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा लिला प्रकाश सिटौला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा लिला प्रकाश सिटौला नियुक्त



काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका उनलाई पुष २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका अध्यक्षले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नुभएको छ । अध्यक्ष नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनुभएको थियो । उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएको थियो । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान वहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गर्नु भएको थियो ।

अध्यक्षज्यूले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसक्नुभएको छ । यस अघि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रहनुभई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गर्नुभएका अध्यक्षज्यूको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो । अध्यक्षज्यूको सबल नेतृत्वबाट प्रभु बैंकको ब्यापार व्यवासाय अभिबृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १९:२५