काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको मंसिरसम्ममा ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले मंसिर महिनासम्म चौथो पटक स्वास्थ्य बीमा वापतको रकम भुक्तानी गरेको हो ।
बोर्ड संञ्चालक समितिको पुस २५ गते बसेको बैठकको सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार बोर्डले सेवा प्रदायक संस्थाहरुलाई चौथो पटक एक अर्ब १८ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, दोस्रो पटक ६६ करोड ८१ लाख रुपैयाँ, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख रुपैयाँ र चौथो पटक १ अर्ब १८ करोड ६ लाख रुपैयाँ गरी ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितहरुको दाबी रकम बीमा बोर्ड मार्फत सेवा प्रदायक संस्थाहरुलाई उपलब्ध गराएको हो ।
Comment