दोहोरो अंकले घट्यो शेयरबजार, कारोबार रकमपनि खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्यो शेयरबजार, कारोबार रकमपनि खुम्चियो



काठमाडौं । साताको अन्तिम दिन शेयरबजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.८९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २ं७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स२.६६ अंकले घटेको छ ।

बिहीबार २५२ कम्पनीका १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर खरिद बिक्री भएका छन् भने ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२५ रुपैयाँको कारोबार भएको छ ।

बजार घट्दा ट्रेडिङ समूहको उपसूचक १५.८७ अंक बढेको छ भने बांकी नेप्सेको अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १५.०४ विकास बैंक ९४.१६, वित्त कम्पनीको ६८.२०, जलविद्युत ५८.०१, होटल तथा पर्यटन समूहको उपसूचक ८५.९९,जीवन बीमा ३०९.५६, उत्पादन तथा प्रशोधन समूहको १३९.७६ माइक्रोफाइनान्स समूहको उपसूचक ९३.४७, निर्जीबन बीमा समूहको उपसूचक २३३.८१, र अन्य समूहको २१.८२ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाईड्रो र बाराही हाईड्रोपावर पब्लिक लिमिटेड रहेको छ । त्यस्तै, गुँरास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । कम्पनीको २२ करोड २० लाख १२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १५:३२