अर्थसचिव रायाले लिए राष्ट्र बैंक सञ्चालकको शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अर्थसचिव रायाले लिए राष्ट्र बैंक सञ्चालकको शपथ



काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक प्रधानन्यायाधीश कार्यक्रममा कायममुकायम कार्कीले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह(रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १४:४६