नेप्सेद्वारा स्पष्ट्रिकरण सोध्दै साल्ट ट्रेडिङकाे शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेद्वारा स्पष्ट्रिकरण सोध्दै साल्ट ट्रेडिङकाे शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साल्ट ट्रेडिङ कर्पोरेसन स्पष्ट्रिकरण सोध्दै शेयर कारोबार रोक्का गरेको छ। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी जानकारी कारोबार समयमा बिहान ११ः१३ बजे नट्समार्फत नेप्सेमा पठाएको भन्दै रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि पठाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाविपरीत लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले नेप्सेले साल्ट ट्रेडिङको शेयर कारोबार रोक्का गरेको हो।

साल्ट ट्रेडिङको आज बिहान ८ः३० बजेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको थियो। तर, लाभांश प्रस्तावसम्बन्धी जानकारी कम्पनीले कारोबार समयमा बिहान ११ः१३ बजे नट्समार्फत नेप्सेमा पठाएको थियो।

नेप्सेले यस विषयमा साल्ट ट्रेडिङलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १३:५७