कर्पोरेट डेभलपमेन्ट बैंकले दिने भयो लाभांश: बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्पोरेट डेभलपमेन्ट बैंकले दिने भयो लाभांश: बोनस र नगद कति ?



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १२:१५