स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत बोनस दिने



काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांस घोषणा गर्दै १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको ४०३ औं बैंकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले गत वर्षको तुलनामा भने लाभांस प्रतिशत खुम्च्याएको छ । गत वर्ष लघुवित्तले १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांससहित गरी कूल २५ प्रतिशत लाभांस वितरण गरेको थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार ११:०७