हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१४ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : २७ पुष २०७९, बुधबार २१:२०