बैंकर्स संघकाे अध्यक्षमा सुनिल केसी निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकर्स संघकाे अध्यक्षमा सुनिल केसी निर्विरोध



काठमाडौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न साधारणसभाबाट कार्यबाहक अध्यक्ष रहेका केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

तत्कालिन अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्बेवारी पाएका थिए । संघको अधिवेशन आउन अझै एक वर्ष बाँकी रहेकाले बुधबार नेतृत्व चुन्न विशेष साधारणसभा आयोजना गरिएको थियो ।

प्रकाशित : २७ पुष २०७९, बुधबार २०:००