शेयरबजारमा तिव्र उतारचढाव, साढे सात अर्ब माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयरबजारमा तिव्र उतारचढाव, साढे सात अर्ब माथिको कारोबार



काठमाडौं । केहि दिनदेखि बढेको बजार मंगलबार भने ब्रेक लागेको छ । आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलबार २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घटेसंगै बैंकिङ समूहको उपसूचक ८.४१ र म्युचुअल फण्ड समूहको उपसूचक ०.०३ अंकले बढेको छ भने बांकी नेप्सेका अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक ४१.७४, वित्त कम्पनीको ८२.९२, जलविद्युत १५.०६, होटल तथा पर्यटन समूहको उपसूचक ११५.८९,जीवन बीमा २४३.०९, उत्पादन तथा प्रशोधन समूहको५६.११, माइक्रोफाइनान्स समूहको उपसूचक १००.४७, निर्जीबन बीमा समूहको उपसूचक २७८.३२, अन्य समूहको ४०.०६ र ट्रेडिङ समूहको उपसूचक ६३.३९अंकले घटेको छ ।

नेप्सेका अनुसार आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसको शेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१२.७० रुपैंया पुगेको छ । साथै,तारागाउँ रिजेन्सी होटल, बुद्धभुमी नेपाल हाईड्रोपावर, रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुपको भएको छ । यसको आज २२ करोड २१ लाख १ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १५:३६