सरकारप्रति शेयर लगानीकर्ताको भरोसा बढ्योः प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारप्रति शेयर लगानीकर्ताको भरोसा बढ्योः प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सेयर बजार नेप्सेमा देखिएको वृद्धिलाई उनले नयाँ सरकारप्रति लगानीकर्ताको भरोसाको रुपमा व्याख्या गरेका छन् । संसदमा विश्वासको मत लिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विगतमा दैनिक १ अर्बको हाराहारीमा कारोबार हुँदै आएको सेयर बजारमा नयाँ सरकार बनेपछि दैनिक ५ अर्ब रुपयाँभन्दा बढीको कारोबार हुन थालेको छ । प्रचण्डले रोजगारीका लागि ठोस योजना ल्याइने बताएका छन् ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न निजी क्षेत्रसमेतको सहभागितामा ठोस कार्यक्रम अघि सारिने उनले बताए । स्वरोजगार प्रवद्र्धन सरकारको लक्ष्य हुने समेत उनले बताए ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १४:२९