एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं। एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा सोमबार बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीकाे उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित)नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १३:५८