नेप्सेद्वारा महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेद्वारा महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कारोबार समयमा लाभांश सम्बन्धी सूचना प्रकाशित गरेको भन्दै महिला लघुवित्त र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो।

शेयर कारोबार रोक्का गर्दै नेप्सेले दुवै लघुवित्तलाई तीन कार्य दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन निर्देशन पनि दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

महिला लघुवित्तको सञ्चालक समितिको आज बिहान १०:३० बजे बसेको बैठकले लाभांश सम्बन्धी निर्णय गरी नेप्सेमा ११:०९ मिनेटमा नट्समार्फत जानकारी पेस गरेको थियो।

यसैगरी महुली लघुवित्तको सञ्चालक समितिको बैठक भने हिजो दिउँसो २:३० बजे कारोबार समयमा बसेर लाभांश सम्बन्धी निर्णय गरेर आज कारोबार समयअगाडी नै नेप्सेमा सूचना पठाएको थियो।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १३:२२