महुली लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महुली लघुवित्तको लाभांश घोषणा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ ।सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २५ प्रतिशत लाभांश दिने भएको हो।

जसमा बोनस शेयर २० र कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्विकृति भए पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १२:१७