कृषि विकास बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको लाभांश घोषणा



काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत नगद (कर प्रयोजन) र २ प्रतिशत बोनस गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

साथै, बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार ११:००