बुधबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुधबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक विदा दिने सरकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए।

नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेका थिए। राप्रपाले पुस २७ गते सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । 

प्रकाशित : २६ पुष २०७९, मंगलवार ०७:४८