लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमा आज आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।

प्रारम्भिक सहमति अनुसार दुई बैंक बराबरी हैसियत अर्थात १ः१ को शेयर आदान प्रदान अनुपातमा गाभिन तयार भएका हुन् । तथापि, सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांन (डीडीए)को प्रतिवेदनमा ५५ भन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमती भएको छ ।

गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन् । दुबै बैंकबाट दुई–दुई जना हुने गरी मर्जर समिति बनाइएको छ ।

मर्जरपछि लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ ।

प्रकाशित : २५ पुष २०७९, सोमबार १८:०६